महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ मा रहेको गौशाला बजारको व्यवस्थापन समिति गठन भएको छ । बजार व्यवस्थापनका लागि ११ सदस्यीय समिति गठन गरिएको हो ।
वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षतमा गठन भएको सो समितिको उपाध्यक्षमा अमित कुमार साह, कोषाध्यक्षमा रुपेश कुमार साह, सचिवमा ज्ञानेन्द्र प्रसाद गुप्ता रहेको छ भने, सदस्यहरुमा रमेश कुमार यादव, दिवाकर कनौजिया, सुनिल कुमार साह, मनिष कुमार साह, इझारुल शेख र ईलाका प्रहरी कार्यालय गौशालाका प्रतिनिधि रवि साह सोनार रहेको छ ।
समिति गठन भएपछि बसेको पहिलो बैठकले बजार भित्र सटर भाडा लिई बसेका सटरवालाहरु विगतका दिनमा नाला भन्दा बाहिर चाहेअनुसारको बेच्ने सामग्रीहरु राखी बेचविखन गर्ने, बासको छाप्रो बनाउने, पाल तेर्सियाएर बाटो नै अवरुद्ध हुने, सरसफाई पछि जथाभावी फोहोर फ्याल्ने जस्ता कार्य रोकी बजारलाई सफा बनाई सबैमा अनुरोध गरेका छन् ।
यसको विपरीत काम गर्ने व्यक्तिलाई स्थानिय सरकार संचालनको ऐन २०७४ अनुसार कारवाही गरिने निर्णय समेत गरिएको अध्यक्ष गुप्ताले बताए ।




