
महोत्तरी - महोत्तरीको जलेश्वर हुँदै भारत तर्फ प्रवेश गरि रहेको अवस्थामा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई पक्राउ गरिएको छ।
सीमामा तैनाथ भारतीय एसएसबी पाकिस्तानी युवतीलाई पक्राउ गरेको हो ।
प्रहरी श्रोतका अनुसार दावत—ए—इश्लामी संगठन सँग साँठगाँठ रहेको पाकिस्तानी युवती खुला सिमाना भएका कारण महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सितामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सिमामा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोध पुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलेको छ ।
पाकिस्तानको फैसलाबाद बस्ने २५ वर्षीया खाजिदा नुर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्वर ३४४ बाट दुबई आएको र सोही दिन उनी फ्लाई दुबई एयरलाइन्सको ५३९ नम्वरको फ्लाई दुबईबाट काठमाडौं आइपुगेकी थिईन् । उनले बोकेको पासपोर्ट नम्वर जिसि ००००८८१ रहेको छ ।
उनि साउन २१ गते शनिबार राति काठमाडौबाट रात्रिबस चढेर मधेश प्रदेशको सिरहा आईपुगेकी जहाँ उनलाई सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ५ का जीवन कुमार साहले २२ गते बिहान रिसिभ गरेर सिरहाको एक होटलमा राखेको र साउन २३ गते महोत्तरीको जलेश्वर आईपुगेकी हुन् ।
जलेश्वरमा पहिले देखि नै किसान वाग, बहादुरपुर जिल्ला हैदराबाद तेलंगाना बस्ने युवक सैयद महमुद उपस्थित थिए ।
उनीहरुको जलेश्वर मै भेट भयो । सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधारकार्ड बनाएर राखेका थिए । सोही आधारमा सैयदले युवती नुरलाई लिएर अघि बढेपछि नेपाली युवक पछि-पछि भारत तर्फ लागेका थिए ।
भिठ्ठामोड नाकाबाट भारत तिर जाँदै गरेको अवस्थामा पाकिस्तानी युवतीको अनुहार हेर्दा भारतीय जवान एसएसबीलाई शंका लागेर त्यही महिला सुरक्षाकर्मी बोलाएर सोधपुछ गर्दै जाँदा पाकिस्तानी महिला भएको पुष्टि भएपछि नेपाली युवक त्यहाँबाट भाग्न खोज्दाँ तिनलाई पनि नियन्त्रणमा लिइएको सुरक्षा श्रोतले जानकारी दिए ।

भारतीय सुरक्षा अधिकारीहरुको श्रोतका अनुसार १५ अगस्तलाई सुरक्षाको मध्यनजर गर्दै सिमा क्षेत्रमा निकै कडाई गरिएको कारण पाकिस्तानी युवती नुरलाई नियन्त्रणमा लिन भारतीय सुरक्षाकर्मी सफल भएका छन् ।
नुर फैसलाबाद स्थित जिसि ओमेन युनिभरसिटी फैसलाबादबाट विएस साइक्लोजी विषयमा ब्याचलर गरेकी छिन् ।
दावत—ए—इश्लामी संगठन सँग साँठगाठ रहेको युवती नुरको ४ सेप्टेम्वरको दुबई एयरलाइन्सको ५७६ नम्बरको फ्लाइटबाट साझ ७ बजे काठमाडौंबाट दुवई र सोही दिन राति ११ः३५ मा ३४३ नम्वरको फलाइटले दुबईबाट फैसलाबादबाट फर्किने टिकट समेत फेला परे पछि थप शंका उत्पन्न भएपछि सुरक्षा जाँच एजेन्सिले जानकारी दिए ।
हालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पाकिस्तानी युवती नुर सँगै नेपाली नागरिक साह र हैदरावादको युवक सैयद महमुद सीतामढी सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जनाइएको छ ।