गाैशाला । गाैशाला कान्तिबजारका पेट्राेलियम व्यवसायी ललित कुमार सिह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रबाट बिद्राेह गरेका आफ्ना समर्थक सहित सिंह एमालेमा प्रवेश गरेकाे हाे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति घाेषणा भएपछि महाेतरीमा माओवादीका नेताहरुकाे व्यवहरले असन्तुष्ट बनेकाहरु सामुहिक रुपमै एमालेमा प्रवेश गरेकाे हाे ।
व्यवसायि सिह स्थानीय तहकाे निर्वाचनमा गाैशाला नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्ष पदामा उम्मेदवारी दिएका थिए। उनकाे उम्मेदवारीकै कारण वडामा माओवादी हार व्यहोर्नु परेकाे थियाे ।




