
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि ८४ वटा दलहरूले आवेदन दिएका छन् ।
चारवटा समूहले छुट्टाछुट्टै रुपमा एउटै निर्वाचन चिन्हबाट लड्न आवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेकोमा सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् ।
यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।