रौतहट- चन्द्रपुर नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाँदा तीन जनाकाे मृत्यु भएकाे हाे ।



दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएका थिए जसमध्ये तीन जनाको मृत्यु अस्पतालमा लगेपछि भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुङ्गेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन्। उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुङ्गेली मंगरको दुबै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेकाे छ ।
बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




