जनकपुर - हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले जनकपुरका गोयनका सहित हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित तीन पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाडौं-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई टेकु बस्ने ३३ वर्षीय अंकित गोयनकालाई पक्राउ गरेको हो।
काठमाडौंको घण्टाघर क्षेत्रमा विभिन्न व्यक्तिहरूले राजस्व चुहावट गरी गैरकानुनी रूपमा हुन्डीमार्फत् वित्तीय कारोबार गरिरहेको भन्ने सूचना कार्यालयले पाएको थियो। सो सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।




