महोत्तरी- महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । उनलाई शनिबार राति महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर स्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिब विपन्नको उठिबास गराउने लामोसमयदेखि धन्धा चलाएका छन् । पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही एसपी पंगेनीले टुडेपाटीलाई जानकारी दिए ।

सुदखोर अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन् । गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामोसयमदेखि धन्धा हो । यो धन्दामा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य संलग्न छन् ।
केही व्यक्तिलाई ऋण नै नदिई समेत कपाली तमसुक बनाएर बिल्लीबाठ गरेको घटना बिभिन्न मिडियाले पटक-पटक खुलासा गरिसकेको छ। कतिपय ऋणीसँग साँवा ब्याजसमेत असुलेर उनले अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेका छन् । यही धन्धा चलाएर उनले छोटो समयमै अकुत सम्पति आर्जन गरेका छन् ।
मिटरब्याजीको आंतक, गरिब रुवाउँदै
महोत्तरीका नामुद सुदखोर अनिरुद्धले यी २७ जनामाथि दायर गरेछन् मुद्दा, आफै धरौटीमा रिहा




