
जनकपुरधाम । नेपाली क्रिकेटको इतिहाशमा जनकपुरको योगदान स्वर्ण अक्षरमा लेखिएको भएपनि पछिला समय खेल मैदानको अभाव र सरोकार वालाको लापरवाहीको कारण जनकपुरिया क्रिकेट सुस्त बनेको छ ।
क्रिकेटको राम्रो सम्भवना बोकेको जनकपुरधामले एक पटक पुनः आफ्नो साख जोगाउने अवसर पाएको छ । सेप्टेम्बरको अन्तिम सातादेखि हुन लागेको नेपाल प्रीमियर लीग (एलपीएल) मा सहभागी हुने मौका जनकपुरले पाएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपीएलमा जनकपुरको टिम पनि सहभागी जनाउन लागेको जनकपुरमा पत्रकार सम्मेलनको आयोजन गरी यस बारे सम्बंधित पक्षले जानकारी दिएका छन । प्रीमियर लिगमा ६ वटा टिमले सहभागिता जनाउने छन् । जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका बताईएको छ । जनकपुरधाम स्थित होटल रामामा आयोजित पत्रकार सम्मेलनमा सो लीगमा जनकपुरको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनी टिम र विराटनगरको टिमले सहभागिता जनाउने निश्चित भइसकेको छ भने दुई वटा टिमको टुंगो लाग्न बाँकी रहेको धनुषा क्रिकेट संघले जनाएको छ ।
जनकपुर रोयल्स टिम भारत जयपुरको गोल्ड स्पोर्ट्स प्रा.लीले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रालिका निर्देशक गौरीशंकर धमानीले पत्रकार सम्मेलनमा हिन्दी भाषामा बोल्दै जानकारी गराएका हुन ।
उनले भने, ‘ जनकपुरको विकासका साथै यहाँको खेलको विकासका लागि काम गर्ने अवसर पाएकोमा खुशी छौँ।’ लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरुले समेत सहभागिता जनाउने छन्। प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा बाँडिएको छ ।
क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले यस प्रिमियर लिगबाट जनकपुरधामको प्रचार हुने बताए । उनले खेलको क्रममा जनकपुर रोयल्सको खेल हुँदा यहाँको धार्मिक तथा सांस्कृतिक दृश्यहरु देखाउने भएकाले यहाँको स्थलको प्रचारप्रसार हुने बताए ।
https://www.facebook.com/105mithilanchalfm/videos/772009177374086