काठमाडौँ - नेपालले क्रिकेट सिरिजको पहिलो टी–२० खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको छ ।
१३१ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरको खेलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ छक्का र १ चौकासहित सर्वाधिक ३३ रन बनाए । त्यसैगरी आरिफ सेखले २४ रन बनाए भने ज्ञानेन्द्र मल्लले २३ रन र आसिफ सेखले १९ रन जोडे ।
केन्याका लागि लुकास ओलुच र विराज पटेलले २/२ विकेट लिए । नेपाल र केन्या बीच भोलि (शुक्रबार)दोस्रो टी–२० खेल हुने छ।
यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए भने अर्का खेलाडी लुकास ओलुचले ३० रन जोडे ।
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३ विकेट , सन्दीप लामिछानेले २ विकेट र दीपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले १ ÷१ विकेट लिए ।
नेपाल र केन्याबीचको क्रिकेट सिरिज आजबाट केन्याको नैरानीमा सुरु भएको हो । केन्यामा नेपालले ५ वटा टी–२० र तीन एक दिवसीय खेल खल्ने छ । नेपालका लागि यो सिरिज टी–२० वरीयता सुधार गर्नका लागि महत्त्वपूर्ण हुनेछ ।




