महेन्द्रनगर- धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नगर स्तरिय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु हुन लागेको छ ।
दुधमती मिडिया प्रा.लि. द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती नेटवर्क द्धारा संचालित दुधमती टेलीभिजनको टिम द्धारा यही मिति २०७९ भाद्र १२ गते देखि क्षिरेश्वरनाथ नगरपालिका भित्र रहेको कक्षा ५ देखि १० सम्मको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहभागी गराउने गरी हुन लागेको प्रतियोगितामा जम्मा १६ ओटा विद्यालयले सहभागीता जनाएको व्यवस्थापन समितिका अध्यक्ष अनिल कुशवाहाले जनकारी दिएका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष कुशवाहाका अनुसार बिद्यार्थीमा रहेको ज्ञानको क्षमतालाई उजागर गर्न यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
दुधमती एफ.एम.१०४ मेगाहज, दुधमती टेलिभिजन फेसबुक पेज, न्युज अफ नेसन र dudhmati.com बाट एक साथ प्रत्यक्ष प्रसारण हुने गरी संचालन हुन लागेको कार्यक्रममा उदघोषकको रुपमा रोहित खनाल, प्राविधिकमा कृष्ण यादव, सहयोगीमा सुरेश प्रसाद सिंह, उषा थापा, बुद्ध लामा र विशेष सहयोगमा व्यवस्थापन समितिका अध्यक्ष रहने कुशवाहाले जfनकारी दिए ।
साथै प्रतियोगिता पुर्ण निष्पक्छ रहने भएकोले कुनै किसिमको शंका भएमा व्यवस्थापन समितिका अध्यक्ष संग सम्पर्क गरी विशेष जानकारी र आफ्नो गुनासो राख्न सक्ने बताए।
यता बिद्यालयहरुले पनि यस किसिमको कुनै कार्यक्रम नगरमा नभएको र हाल दुधमती मिडिया प्रा.लि.ले यस्ता कार्यक्रम हुनु सरहनिय भएको प्रतिक्रिया दिएका छन् ।




