धनुषा- धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ मिथिला नगरपालिका-६, का रामकुमार सिंहको एक वर्षीया छोरा आरभकुमार सिंहको आफ्नै तीन तला घरबाट खसेर मृत्यु भएको हो ।
बालक खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर खसेकेको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उनले जानकारी दिए ।
मृतक बालका मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोको नाती हुन् ।




