काठमाडौं: मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा आफ्नो पदबाट राजिनामा दिएर आज जनता समाजवादी पार्टी प्रवेश गर्ने तयारी थालेका छन् ।
स्रोतका अनुसार उनले जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्ने मुड बनाएका छन् । सम्भवत उनले आजै शनिवार टीका लगाउने निधो गरेका छन् ।
उनले आज(शनिबार) करिब १ बजेको समयमा मधेस सरकारको मुख्य न्यायाधिवक्ताको पदबाट राजिनामा दिएर पार्टी प्रवेश गर्ने छन् । विगत लामो समयदेखि न्यायीक क्षेत्रमा काम गरेका झा राजनीतिमा कति सफल होलान् भन्ने हेर्न बाकी रहेको छ ।
उनले जसपाबाट महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने गरि राजनीतिमा हाम फाल्दै छन् । झा मुख्य न्यायाधिवक्ता हुदा नै जसपा संग टिकटका लागि लबिङ थालिसकेका थिए भने उनलाई उम्मेदवार बनाउन अध्यक्ष यादव पनि सकारात्मक देखिएका थिए ।
टिकट पाएमा झा सम्भवत लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको क्षेत्र बाट चुनाव लड्न सक्ने छन् ।