जनकपुरधाम- नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट प्रतिनिधि सभा सदस्य पदमा आफूलाई समानुपातिक तर्फबाट सिफारिस गर्न लगाएपछि धनुषाको राजनीतिले चौतर्फी चर्चा पाएको छ ।
काँग्रेसका उपसभापति समेत भइसकेका काँग्रेसका नेता निधि नेपाल सरकारको उपप्रधानमन्त्री एवं गृहमन्त्री जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएर काम गरि सकेका निधि आफैले प्रत्यक्षमा निर्वाचन नलड्ने जनाएपछि क्षेत्रिय समितिले उनको नाम समानुपातिक तर्फ सिफारिस गरेको हो ।
नेता निधि २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएको थिए । तर संविधान सभा चुनावमा निधि निर्वाचित भएका थिए । हालै सम्पन्न भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसले सोही क्षेत्रका अधिकांश स्थानीय तहमा निर्वाचित भएको छ । तर पनि नेपाली काँग्रेसका नेता निधि प्रत्यक्षमा चुनाव नउठ्ने भएपछि सो क्षेत्रका निधिका समर्थकहरू निराश बनेका छन् ।
स्थानीय तहको चुनावमा काँग्रेसले प्राप्त गरेको मत तथा अहिलेको गठबन्धनका कारणले निधिको जीत सुनिश्चित भएपनि पार्टी भित्र अन्तर्घात हुने त्रासका कारणले काँग्रेसका प्रभावशाली नेता निधि प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फ सुरक्षित हुने देखेर समानुपातिक रोजेको अहिले चर्चा चलेको छ ।
काँग्रेसका नेता निधि भौतिक पूर्वाधार तथा विकासमन्त्री भएका वेलामा धनुषाको निर्वाचन क्षेत्र नंं ३ को गाउँ गाउँमा कालोपत्रे तथा नालाका साथै जटही जनकपुर ढल्केवर ६ लेन व्यापारिक राजमार्ग, जनकपुरधाममा एकीकृत शहरी विकास आयोजना बाहेकका सडकहरूमा सघन शहरी कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने काम भएको थियो ।
यति मात्र नभएर पूणर् सरकारी अनुदानमा राजर्षि जनक विश्व विद्यालयको स्थापना गराउनुका साथै अरू थुप्रै राम्रा कामकाज गरेका कारणले यस पटक निधिको जीत सुनिश्चित भएकोमा निधि निकटका कार्यकर्ताहरू ढुक्क भएपनि प्रत्यक्षमा चुनाव नलड्ने भएपछि कार्यकर्ताको मनोबल घटेको छ ।
यसका साथै निधि पछिको सो क्षेत्रको उत्तराधिकारी को बन्ने भन्ने चर्चा पनि चलेको छ । काँग्रेसका क्षेत्रिय समितिको बैठकले प्रत्यक्ष तर्फ गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट एमालेका नेत्री जुली कुमारी महतो महासेठको नाम सिफारिस भएको छ।
अहिलेका सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले चुनाव लड्ने विषयमा हालसम्म पनि मुख खोलेका छैन । महतो नेकपा एमालेसँग पार्टीले गठबन्धन गरेको खण्डमा मात्र आफू चुनाव लड्ने मनस्थितिमा रहेको बताइएको छ।
निधी यस कारण राजे समानुपातिक कोटा
निधिले किन समानुपातिक रोज भन्ने विषयमा कांग्रेस कै अनुभवि पात्र र निधीकै शुभेच्छुकहरुसंग बुझ्ने प्रयास गर्दो यस्ता कारण अगाडि आएको छ ।
विमलेन्द्र निधी राष्ट्रिय स्तरका नेता हुन । उनको राष्ट्रिय राजनितिमा उच्च तहमा प्रभाव रह्दै आएको छ । यदि उनि आफै निर्वाचनमा भाग लिए निर्वाचनका बेला उनि आफनो क्षेत्रमा मात्र सिमित हुन पुग्छ । तसर्थ पार्टी र राजनितिमा राष्ट्रिय प्रभावका लागि चुनावमा शिर्षनेताका रुपमा देश दौडाहामा लाग्नु पर्नेमा उनि आफनै चुनाव जित्न संर्घषशिल हुने बाध्यता नहोस् भनि समानुपातिक तर्फ उनले आफूलाई सुरक्षित गरेका हुन् ।
त्यसैले उनी यसपालि कमप्रोमाइज गरेर समानुपातिकमै भएपनि सिट सुरक्षित गर्ने र राजनितिमा आफनो राष्ट्रिय प्रभावका लागि अगामि चुनावमा देशभरिको जिल्लाहरुमा प्रचार प्रसार र भाषणमा लाग्ने मनस्थिती बनाएको हुनुपर्दछ ।
अर्को कुरा पार्टीको चुनावमा पनि सभापतिको रुपमा आफूलाई प्रस्तुत गर्दा मधेस प्रदेशबाट समेत भोट नपर्नु र प्रदेशको चुनावमा पनि उनको प्यानलले हार व्यहोर्नु परेको हुँदा प्रत्यक्षबाट चुनाव लड्दा आफ्नै पार्टीका नेता कार्यकर्ताबाट घात हुनसक्ने आशंकाले गर्दा पनि उनि समानुपातिक रोजेका हुन् । उनले प्रत्यक्षबाट चुनाव लडदा उनका लागि चुनावमा तयारी चुनौती पुणर् र जित सहज नहुनुमा उनको निकटकै पनि नेता, सहयोगी र समुह पनि एक मुख्य कारक रहेको उनले राम्ररी थाहा भइसकेको छ ।
त्यसैगरी उनले यस क्षेत्रमा आफनो विकल्प को त ? भन्ने बुझनका लागि समेत यो निणर्य लिएको हुन सक्ने बताइएको छ। कोहि पनि नेता प्रतिनिधीसभामा तपाई नलडे म लडछु भन्ने हिसावले नआएकाले आटिलो विकल्प र उतराधिकारी को हुन सक्छ ? भन्ने बुभ्mनका लागि समेत उनको यस्तो निणर्य आएको हुन सक्ने आकंलन गरिएको हुन सक्छ।
अर्को कुरा उनको चुनावी स्टन्ट र जनताको मनोभावना बुझने टुलको रुपमा उनको यो निणर्यलाई लिन सक्छ ।




