जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती सर्वसम्मतरुपमा सिफारिस भएका छन् ।
आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको नेकपा एमाले धनुषाका नेता बचनदेव पञ्जियारले जानकारी दिए ।



पार्टीको अर्को दिन बस्ने बैठकले प्रदेशसभा, प्रतिनिधि सभा र समानुपातिक सदस्यको सूचीबारे निर्णय हुने नेता सोम शर्माले बताए ।
०७४ को निर्वाचनमा जुली समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।
सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् । यसअघि उनीहरु ओली सरकारमा पालामा आलोपालो मन्त्री समेत भएका थिए ।




