जनकपुरधाम- सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभामा गगन थापाको एकल नाम सिफारिश भएको छ।
आईतबार बसेको नेपाली कांग्रेस क्षेत्रीय कमिटीको बैठकले सर्लाही -४ को प्रतिनिधि सभा सदस्यमा पार्टीका युवा नेता गगन थापाको नाम सर्वसम्मत सिफारिश गरेको हो। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन थापा काठमाडौं निर्वाचन क्षेत्र ४ बाट बिजय भएका थिए ।
यता,सर्लाही -४(क) प्रदेश सभा सदस्य पदमा मधेश प्रदेशका महिला बालबालिका तथा खेलकुद बिकास मन्त्री बिरेन्द्र प्रसाद सिंह र (ख) प्रदेश सभा सदस्य पदमा अशोक सिंहको नाम सर्ब सम्मतले सिफारिस भएको छ ।




