rpt
महोत्तरी - महोत्तरीको मटिहानीमा ५३ जना छात्राहरूलाई साइकल वितरण गरिएको छ।
मंगलबार दिउँसो राम माध्यमिक विद्यालय मटिहानीमा कक्षा ११ मा अध्ययनरत सो छात्राहरूलाई साइकल वितरण गरिएको हो।
छात्राहरूलाई उच्च शिक्षामा पहुँच गराउनका लागि हरेक वर्ष झै यसवर्ष पनि साइकल वितरण गरिएको नगर प्रमुख हरिप्रसाद मण्डलले बताए।
उनले शिक्षा समाज विकासको मेरुदण्ड रहेकाले शैक्षिक गुणस्तर बढाउनका लागि छात्राहरूलाई उच्च शिक्षामा पहुँच अनिवार्य रहेको धारणा राखेका छन्।
नगरपालिकाको सहयोगमा उनीहरूलाई साइकल वितरण गरिएको हो।




