
महोत्तरी- आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको लागि चाहिने म्यादी प्रहरी भर्ना को लागि महोत्तरीमा हालसम्म तिन हजार ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
असोज ६ गतेसम्म भर्नाको लागि आवेदन लिने भएकोमा असोज २ गतेसम्म सर्वसाधारण तर्फ ४९२ महिला र २०४७ पुरुषले आवेदन दिएका छन भने विगतका निर्वाचनमा भर्ना भएका भु.पु. म्यादीबाट ३४० महिला र १०६० पुरुषले आवेदन दिएका छन । यता पुर्व सुरक्षाकर्मी तथा पुर्व वन रक्षक तर्फबाट पुर्व प्रहरी पुरुष ४ जना,पुर्व शसस्त्र प्रहरी १ जना र पुर्व वन रक्षकबाट १ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । उनले हालसम्म महिलाबाट म्यादीको लागि ८३२ र पुरुषको तर्फबाट म्यादीको लागि ३११८ आवेदन परेको बताए ।
एसपी पंगेनीले आवेदन दिनेहरुको संख्या दैनिक रुपमा बढिरहेकोमा दश हजारसम्म आवेदन पर्ने अनुमान रहेको बताए ।