
काठमाडौँ - नागरिकता विधेय दोस्रोपटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि अस्वीकार गरेपछि सत्तारुढ गठबन्धनको आकस्मिक बैठक बस्ने भएको छ।
केहीबेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तयारी भइरहेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपतिको कदममाथि छलफल हुने बताइएको छ।
राष्ट्रपति भण्डारीले पहिलोपटक दुवै सदनबाट पारित भएर आएको विधेयक सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्। तर, सरकारले जस्ताको त्यस्तै पारित गराएर पुनः प्रमाणीकरणका लागि पठाएको थियो। मंगलबार रातिसम्म प्रमाणीकरणको अन्तिम समय भए पनि भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरिकी हुन्।
सत्तापक्षले राष्ट्रपतिबाट संविधानको उल्लंघन गर्ने काम भएको आरोप लगाएको छ भने प्रतिपक्ष नेकपा एमालेले कुनै प्रतिक्रिया जनाएको छैन।