
शिक्षितहरुलाई सबै कुरा थाह हुुन्छ अनि उसले आफूलाई फाइदा हुुने भनेपछि अनैतिक काम गर्न सक्दैन।र नैतिकवान मान्छे समाजलाई बेफाइदा हुने कुरा भए आफूलाई फाइदा हुनेभए पनि त्यो गर्दैन ।
त्यसैगरी गल्ती गर्नु गलत होइन । तर गल्त्तीलाई सुधार गर्ने प्रयास न गर्नु चाही गलत हो । संसार मा यस्तो कोहि पनि व्यक्ती छैन जसले जिवनमा गल्ती गरेको हुदैन । तर आफुले गरेको गल्तीबाट पाएको दुःख, कष्ट, पीडा, तिरस्कार र अपमानलाई सम्झनामा राखेर अगामी दिनमा त्यस्ता गल्ती नगर्ने बाचा आफुले आफैसित गर्नु पर्छ । अनि मात्र हाम्रा जिवन सार्थक हुन सक्छ । हामी जे चाहन्छौ, त्यही बन्न सक्छौ । श्रेष्ठ वा नीच, पवित्र वा पापी, चतुर वा मुर्ख । आफैले आफुलाई निर्माण गर्ने हामी स्वयं छौ ।
नशा, लागुऔषध टिन एजर्स युवाहरुको लागि ठूलो अभिशाप साबित हुँदैछ । यसले मानिसलाई निर्लज, कठोर, अत्याचारी र अपराधी बनाई दिएको छ ।
आज भोली उमेर पुगेका महिला पुरुष मात्र नभएर स-साना बालबालिकाहरु पनि नशा सेवन गरिरहेका छन् । नशाकै कारणले गर्दा हाम्रो सामाजिक संस्कार र संस्कृति नष्ट भ्रष्ट भइरहेको छ । नशा यस्ता बस्तु हुन् जसले मानिस भित्र रहेका सोच्नेशक्ती, विवेकशक्तीलाई समाप्त गरिदिन्छ । पहिला छोराछोरीहरु आफ्ना अभिभावकको सामु नशा गर्न डराउथे, संकोच गर्थे तर अहिलेको युग त्यस्तो होइन । अहिले यती मानिस दुव्र्यशनका शिकार भएका छन् की अब मातापिताको र गुरुको धाक नमानी सँगै बसेर नशा सेवन गर्ने गर्छन् । नशाको कारण मानिसमा उतेजना उत्पन्न हुन्छ र अश्लिल भावनाको वृद्धि हुन् थाल्छ । यस्ता मानिस शीघ्र नै भ्रष्ट कार्य तिर लाग्छन् । अर्काकी छोरीचेली प्रति गलत नियत राख्छन् ।
नशा सेवन गर्ने व्यक्ती कुनै पनि गलत कार्य गर्नमा संकोच गर्दैनन् । यस्ताले बलात्कार जस्ता जंघन्य अपराध समेत गरीहाल्छ । नशा हाम्रो विवेक नष्ट गरेर हामीलाई चरित्रहिन र निर्लज बनाई दिन्छ। नशाको मात्रा शरीरमा वृद्धि भएपछि मानिसका आफ्ना मन मस्तिष्क आफ्नो वसमा रहदैन । यही कारणले गर्दा झग्डा, मारपिट, चोरी, बलात्कार जस्ता अनेकै अपराधिक घटनाहरु घट्दछन् ।
हाल हाम्रो देशमा १४ देखि १८ र २० बर्ष मुनीका नवालीग किशोरहरु लागुऔषध सेवन गर्ने तर्फ धेरै संलग्न भएको पाइन्छ । यस्ता घटनाहरु यस् कारण घटिन्छन की नशा गर्ने व्यक्तीमा ज्ञान नाश हुन जान्छ । नशा गरेको अवस्थामा उनले गल्त के हो सही के हो छुटयाउनै सक्दैन, नशाले उसको ज्ञानलाई समाप्त गरिदिएको हुन्छ ।
नशाबाट मुक्तिको विकल्प के त ? नशाबाट मुक्त हाम्रो समाज कसरी हुन्छ । यसका लागि परिवार देखि समाज र प्रहरी प्रशासन कानुन समेत एकजुट भएर काडा निणर्य लिनुपर्छ । पहिला परिवारकै कुरा गर्छु । जब हाम्रो घरमा कुनै शुभकार्यहरु अथवा उत्सव हुन्छ त्यतिवेला हामीले आफ्नो घरमा नशालु पदार्थहरु ल्याएर आफू पनि खान्छौ र आफ्ना गेस्ट पाहुनाहरुलाई पनि खुवाउछौ । त्यस् वेला जसलाई नशा गर्ने बानी हुन्छ त्यो त सहजै नशा सेवन गरी लीन्छ तर जसले जीवनमा कहिले पनि नशा सेवन गरेका हुँदैन उसले पनि पार्टीमा इन्जावाय मस्ती गर्न नशा सेवन गर्छन । बिस्तारै-बिस्तारै उ पनि नशाको शिकार हुन्छ ।
अर्को तर्फ हाम्रो समाज हुन् जुन युवा पीढीलाई बर्बाद गरिरहेका छन् । जब चुनावको समय आउँछ त्यती वेला हाम्रा नेताज्युहरु चुरा मासु र मदीरा को भोज खुवाई आफ्ना युवा कार्यक्रतालाई आफ्नो लागि भोट (मत) माग्न प्रयोग गर्छन ।
अन्तमा हाम्रो देशको कानुन प्रशासन समेत दोषी हुन् । हाम्रो समाजलाई नशातिर लैजानमा कानुनको पालना गराउने निकायहरु समेत संलग्न हुन्छ । किनकि मदीरा व्यपार (पसल) संचालन गर्नका लागि अनुमती पत्र (लाईसेंस) कानुन प्रशासनले नै दिएका हुन्। सबभन्दा पहिला मदीरा व्यपार (पसल) को अनुमति पत्र (लाईसेंस) रद्ध (कैंसिल) गर्नु पर्छ । अनि मात्र नशा सेवन गर्नेहरु निरुत्साहित हुनेछन् ।
नेपालको भन्दा झन्डै सात गुणा बढी जनसंख्या भएको छिमेकी देश भारतको बिहारमा मदीरा बन्द गर्न सरकार सफल भएको छ। तर नेपालमा त्यसका लागि ठोस पहल समेत भएको छैन । बिहारमा नशा रोक्न सरकार धेरै हद सम्म सफल भएको छ । त्यसमा महिलाहरु को समेत अग्रणी भुमिका निर्वाह गरेकी छिन् ।
परिवार, समाज र कानुन प्रशासन सबै मिलि आ- आफ्ना कर्तव्य र योगदान दिनु पर्छ, अनि मात्र हाम्रो समाज सभ्य र व्यवस्थीत हुन् सक्छ