
जनकपुरधाम - धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव आफै झाडु र बेल्चा लिएर नगर सरसफाइको लागि सडकमा निस्केका हुन् ।
शनिवार नगरपालिका वडा नम्वर ५ मा रहेको महेन्द्रनगर बजारबाट सरसफाइ सुरु गरेका हुन् । स्थानीय बासिन्दालाई सफाईमा जुट्न आग्रह गर्दै मेयर यादव आफै सफाइ गर्न महेन्द्रनगरको बजार क्षेत्रमा सरसफाई गरेका थिए ।
मेयर यादव आफ्नो घर बजार वरिपरि सफाइ गरौँ, बाटोमा सडकमा जथाभावी फोहोर फाल्न बन्द गरौ भन्दै सफाइमा जुटेपछि क्षीरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधी श्री श्रीनाथ गणका नेपाल आर्मी तथा स्थानीय प्रशासनको पनि सहभागिता रहेको थियो।
नगरपालिकाका सरसफाई कर्मचारी पनि तलब भत्ताको लागि आन्दोलित रही सरसफाई गर्न ठप्प गरेको बेला मेयर यादवले सडक तथा बजार क्षेत्र सफाइपछि उनले बजार तथा सडक आसपासका क्षेत्रमा जथाभावी फोहोर फालेमा कारबाही गर्ने निर्देशन दिएका छन् ।
हिन्दुहरुको महानपर्व दशैं तिहारलाई समेत मध्यनगर गर्दै उनले ठप्प रहेको सरसफाईका कारण दुर्गन्धीत बन्दै गरेको नगरलाई सफा बनाउँने अभियान अन्तर्गत सरसफाई कार्यलाई आफ्नै अगुवाईमा निरन्तरता दिएका हुन् ।
साथै मेयर यादवले नगरपालिका ७ मा जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत औरही पुल नजिक लागिरहेको नयाँ बजार र चोकको बजारलाई पनि छिट्टै व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
यस सरसफाई कार्यक्रमलाई हरेक शनिवार निरन्तरता दिईने उनले जनाए ।
सरसफाई कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका नगरप्रमुख सुखदेव यादव, वडाध्यक्ष विनोद प्रसाद गुप्ता, श्री श्रीनाथ गणका कर्णेन श्री श्रीनाथ गणका गणपति सुरेश देवकोटा, नेकपा एमालेका धनुषा जिल्ला सदस्य ललित साह, स्थानीय राजु गुप्ता, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का पुर्व वडाध्यक्ष श्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।