
महाेत्तरी- मटिहानीमा नव निर्मित स्वास्थ्य चौकी भवन नगर प्रमुख हरिप्रसाद मण्डलद्वारा समुघाटन गरिएको छ ।

मटिहानी नगरपालिका ४ स्थित मझाैरामा नव निर्मित स्वास्थ्य चौकी भवनको आज नगरपालिकाको नगर प्रमुख श्री हरि प्रसाद मण्डलद्वारा समुघाटन सम्पन्न भएको हाे ।

वडा न. ४ का वडाध्यक्ष अब्दुल गफार राइनको सभापतित्वमा सम्पन्न कार्यक्रममा मझौरा विसनपुरका पूर्व गा.वि.स. अध्यक्ष कुलेश्वर यादव, तेजनारायण यादव, वडा न. ५ का वडा अध्यक्ष मिश्री नायक, पूर्व वडाध्यक्ष मईनुदिन राईन, योजना अधिकृत राजेश कुमार शर्मा, चन्देश्वर यादव, चन्देश्वर रजक, बलराम साह लगायतका वक्ताहरूले स्वास्थ्यको बारेमा आ-आफ्ना धारणा राखेका थिए । करीब ४७ लाख लागतमा मटिहानी नगरपालिकाले चार कोठे स्वास्थ्य चौकी भवन निर्माण गरेको इन्जिनियर विमलेश साहले बताए ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न मझौरा बस्ने हर्कित मिश्र र निजका श्रीमती सुशिला मिश्रले आठ धुर जग्गा निःशुल्क रूपमा दान गरेकाे थियोे । जग्गादाता मिश्र र श्रीमती मिश्रलाई नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरी सम्मान गरेका छन् ।
