महोत्तरी। मधेस प्रदेश अन्तरगत पर्ने महोत्तरी जिल्लाको औरही नगरपालिका ७ स्थित रहेको सोनामाई मन्दिरमा लाग्ने भूत मेलाको सम्पूर्ण तयारी पूरा भएको यस वडाका वडा अध्यक्ष्ा जितेन्द्र यादव र मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
औरही नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित श्री सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको चौठिदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष बिहीबार बाट सुरु हुँदै छ ।
वडा दशैंको चौठिदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन भने श्री सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।
वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु श्री सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ(आफ्ना घर र्फकने गरेको पुजारी केदार झाको भनाइ छ ।
सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीय रामनारायण साहले शिरीष न्युजसहकर्मी लाई बताए ।
घर-घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी पीडितहरु आ-आफ्ना घरबाट यहाँ आउँछन् भने श्री सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीहरु बताउँछन् ।सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए ।
माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ ।
वडा दशैँको शुभकामना