
सत्ताको फेबिकल महतो
बिभिन्न सम्भावनाको खोजी गर्दै २०४६ सालपछि राजनीतिमा प्रवेश गरेका नेता हुन, राजेन्द्र महतो ।
२०४८ सालको निर्वाचनपछि महतो निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल हुँदै आएकाछन् । तर २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा मात्रै उनी निर्वाचित हुन पाए । सार्लाहीबाट लगातार तीन वटा चुनाव लड्ने महतो २०७४ सालको निर्वाचनमा महतो धनुषा पुगेका थिए ।
२०६८ मा डां बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) भएका थिए । २०६५ मा पुष्पकमल दहाल नेतृत्वको सरकारमा मन्त्री (वाणिज्य तथा आपूर्ति) भएका महतो २०६६ मा गठित माधवकुमार नेतृत्वको सरकारमा हिस्सेदारी (वाणिज्य तथा आपूर्ति मन्त्रालय) लिएका थिए । २०६४ मा पुनर्गठित गिरिजाप्रसाद कोइरालाको सरकारमा समेत मन्त्री (वाणिज्य तथा आपूर्ति) खाएका थिए भन्ने संसद बिघटनमा केपी शर्मा ओलीलाई आत्मीय सहयोग गरेबापत २०७८ सालमा राजेन्द्र महतोले उप-प्रधानमन्त्री सहित सहरी विकास मन्त्रालय उपहार स्वरुप दिएको थियो । आजिवन सत्तामा बस्न अहिले महतो अहिले निर्वाचन क्षेत्रको खोजीमा छन् ।
महतोको बामपंथी प्रेम
माथिका तथ्य हेर्दा राजेन्द्र महतो किन एमालेसँग निकट रहँदै आएको छ भनी बुझ्न सजिलो हुन्छ । गजेन्द्र नारायण सिंहले खोलेको सदभावना पार्टीमा लाग्नु भन्दा पहिला महतो एयरपोर्टको ठेक्काहरु चलाउँदै आएका थिए । तर सदभावानाको मुखौटा लगाए अनि २०४८ देखि २०७८ सम्मको ३० वर्षमा चार पटक बामपंथीहरुले नै मन्त्री बनाइदिएको छ ।
२०७२ साल तिर हो, एमालेको भातृ संगठन युवा संघले तत्कालिन सदभावनाका नेता राजेन्द्र महतोको नागरिकता छानबिन गर्नुपर्ने माग उठाको थियो । महतो नक्कली प्रमाणपत्र पेश गरेर नेपाली नागरिकता लिएको दावी गरिराख्दा केपी ओली नै प्रधानमन्त्री थिए । तर त्यही ओली ले महतोलाई धनुषाको चुनावमा आर्थिक, प्रशासनिक सबैप्रकारले सहयोग गरेको थियो । एमालेले महतोलाई चुनावमा सहयोग मात्रै गरेन, केपी ओलीले महतोलाई आफ्नो संसद बिघटनको मुद्दामा गोटीका रुपमा प्रयोग समेत गरे ।
गत महिना शेरबहादुर देउवाको सरकारले कैलाली टिकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायतका थारुहरुमाथि लागेको मुद्दा फिर्ता लिने निणर्य गर्दा राजेन्द्र महतोको ओली मोह हेर्न लायक थियो, सदनमा । महतोले भनेका थिएकी केपी ओली सरकारले मुद्दा फिर्ता गर्ने चर्चा गर्दा काँगे्रसले बिरोध गर्यो र आज आफै किन फिर्ता गर्यो । कुनैबेला राजेन्द्र महतो रेशम चौधरीमाथि अन्याय भयो भनी रुवाबासी नै गर्दै हिँड्थे । महतोमा थारुप्रतिको सदभाव साँचिक्कै भएको भए देउवाले मुद्दा फिर्ता गर्दा पनि महतोले गठबन्धन सरकारलाई धन्यवाद दिनुपथ्र्यो की पर्दैन्थ्यो ? तर होइन, थारु र रेशम चौधरीको मुद्दा राजनीतिक मुद्दा भएको कारण होला महतो त्यसको चुनाबी लाभ ओली सँग साटासाट गर्न चाहन्थे । रेशम प्रतिको सदभाव भल्किएन महतोको बोलाइमा ।
महतोको परिवारवाद
दोस्रो संबिधानसभाको निर्वाचनमा राजेन्द्र महतो प्रत्यक्षबाट चुनाव लडेका थिए । र समानुपातिक सूचीमा आफ्नी स्वासनीको नाम राखे । महतो निर्वाचनमा पराजय भएका थिए । तर समानुपातिक कोटाबाट श्रीमतिलाई सभासद बनाउन सफल भएका थिए । यसले के दर्शाउँछ ?
चर्काचर्का कुरागरेर मधेसीलाई पहाडी समूदायप्रति सामप्रदायिकताको वकालतकर्ता बनी आफू मधेसको नेता हुँ भनी देखाउन खोज्ने । तर सत्ताको बेला, ‘लालु राबरी’को जोडी झैँ राजनीतिलाई आफ्नो डाइनिङ्ग कोठाकोरुपमा प्रयोग गर्ने ? त्यति मात्रै रहेनछ, २०७४को स्थानीय निर्वाचनमा आफ्ना दाई (बडे भौया) महेन्द्र महतो लाई सर्लाही चन्द्रनगर गाउँपालिका अध्यक्षमा टिकट दिई जिताए । महेन्द्रका काण्डहरु यती चर्चित भए की बैसाख ३०को निर्वाचनमा जनताले महेन्द्रलाई हराउँदै तेस्रो नम्बरमा झारिदिए ।
राजेन्द्रको भाई बैसाखमा निर्वाचनमा पराजित हुँदा चन्द्रनगर पालिका का एकजना स्थानीय नागेन्द्र पासवानले महेन्द्र महतोबाट प्रताडित भएको कारण लिएको भाकल पुरा गरेका थिए। पासवानले शिव मन्दिरमा ५० किलो लड्डु चढाउनुका साथै उनले आफ्नो मुण्डन नै गराए।
परिवारवादको अर्को उदाहरण हो मधेस प्रदेशका सदस्य (एमाले) उपेन्द्र महतो । राजेन्द्र महतोको सदभावनाको पारिवारिक सदस्यको परिचय पाएका उपेन्द्रलाई उनको काका राजेन्द्र महतोले २०७४ सालमा राजपाबाट टिकट दिएर मधेस आन्दोलनको रापतापमा चुनाब समेत जिताए ।
मधेसी राजनीतिको नाममा सधै ब्याज सहितको नाफा खाँदै आएका महतोले आफ्ना ज्वाँइ अनिल महासेठलाई कार्यविधिबिना (गैरकानूनी तरिकाबाट) मधेस प्रदेशको सभामुखको राजनीतिक सल्लाहकार नियुक्त गरी मसिक “एक लाख” तलब मिलाउन लगाएका छन् । पटकपटक मन्त्री बनेका महतो परिवारवादी राजनीति गर्नेहरुको सूचीमा उच्चतम स्थानमा पर्छन ।
रन्छोर राजेन्द्र ?
सर्लाहीबाट राजनीति गर्दै आएका राजेन्द्र महतो सर्लाहीमा महेन्द्र यादवसँग चुनाबी मैदानमा सरेन्डर गरिसकेका थिए । २०७२ मा तेस्रो मधेस आन्दोलन भयो । राजेन्द्र महतो काठमाण्डौबाट मधेस तिर झरे । मधेसका सहरहरुमा पुगेर पहाडी समूदाय प्रति घृणाको भाषणहरु गर्न सुरु गरे ।
मधेसी नेताहरुको हैसियत नापि सकेका मधेसी जनताहरु आन्दोलनमा सहभागीता नै जनाउन चाहिरहेको थिएन । छिटफुट आन्दोलन हुनेगथ्र्यो । हो त्यहीसमयमा राजेन्द्र महतोले भन्यो की मधेस आन्दोलनमा मर्नेहरुलाई सहिदज घोषणा गराउँछु र मधेस सरकार बनेपछि प्रत्येक मृतक परिवारलाई ५० लाख रुपैयाको आर्थिक सहयोग गर्छु । यस्तो गैरकानूनी अभिव्यक्ति दिएर राजपाका नेताहरुले मधेस आन्दोलनको लागि माहोल बनायो । आन्दोलनमा दर्जनौ आन्दोलनकारीहरु गोली लागि मर्यो, सहादत दियो तर महतोहरुले ५० लाख रुपैया दियो त ? दिएन ।
मधेसका जिल्लाहरुमा यिनीहरुले लासको राजनीति गर्ने मौका पायो । धनुषामा आधा दर्जन युवाहरुले सहदत दिएको थियो । त्यसपश्चात भएको स्थानीय निर्वाचनमा धनुसा क्षेत्र नं. मा पर्ने जनकपुर उपमहानगर राजपाले जितेको थियो । लालकिशोर साह मेयर जितेर महतोलाई बिभिन्न प्रकारले सहयोग प्राप्त भयो ।
उता एमाले शक्तिलाई बिमलेन्द्र निधि हार्नुपर्छ भनि लागेको थियो र राजेन्द्र महतोलाई आर्थिक र प्रशासनिक सहयोग गरी महतो चुनाब जित्यो । पाँच वर्ष पश्चात फेरी महतो कहाँबाट लड्छ भनि आमजनताले चर्चा गर्न थाल्यो ।
महतो कहिले धनुषा त कहिले सर्लाही कुद्नु परेकोछ । मधेसवादी नेताको दम्भ पालेका महतोहरु अहिले क्षेत्र सुनिश्चित गरेर राख्न नपाउनु लज्जाको विषय हो । मधेस देखाएर, पहाडीलाई गाली गरेर परिवारवादको गोडमेल गर्ने राजेन्द्र महतोहरु कहिलेसम्म जनताको आँखामा छारो हालेर राजनीति गर्ने हो भनी प्रश्नहरु एठ्न थालेको छ ।