
महोत्तरी- स्व. नन्दलाल महतो स्मृति टी-२० क्रिकेट टुर्नामेन्टमा सोनमा तराहरीले विजयी हासिल गरेको छ ।
गौशला नगरपालिकाकाे वडा नं. १० खेलमैदानमा असोज १५ गते देखि सुरु भएको टुर्नामेन्टको असोज २५ गते निगौल र सोनमा तराहरी क्रिकेट भएको फाइनल खेलमा सोनमा विजयी भएको हो ।
निगौलले टस जितेर पहिलो ब्याटिङ को लागि फिल्ड मा उत्रेका थिए । निगौल १७ ओभर ९ विकेटको नोक्सानमा ७२ रन मात्र बनाउन सफल भएका थिए ।
६ रनको लक्ष्य पुर्याएको सोनमा तराहरी ७ विकेट को नोक्सानीमा ७६ रन बनाएर विजय भएको हो ।
विजयी भएको टिमलाई नगद रुपैया सिल मेडल प्रमाणपत्र प्रदान गरिको छ ।
स्व. नन्दलाल महतो स्मृतिद्वारा टी-२० क्रिकेट टुर्नामेन्ट खेलको सभापति राज कुमार श्रेष्ठ ,प्रमुख अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का जसपा का उम्मेदवार रामश्रेष्ठ महतो ,विशिस्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतो , विशिस्ट अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का स्वतन्त्र उम्मेदवार विष्णु लामा ,अथिति को रुममा गौशाला नं.वडा १० का वडाअध्यक्ष विष्णु कुमार महतो (मुकेश कुमार महतो ) , वडा नं. ११ वडा अध्यक्ष राम पृत महतो कोइरी गौशाला वडा नं. १० भुपु वडाअध्यक्ष सेक मोहम्द जलिल , कान्तिबजार प्रहरी चौकीका प्रहरी असई शम्भु महतो ,गाउँ का बुद्ध जिवि ,युवा खेल प्रेमिहरु र विभिन्न मिडियाका संचारकर्मि को उपस्तिथिमा सुरु भएको थियोे ।
त्यस्तै विशिस्ट अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का स्वतन्त्र उम्मेदवार विष्णु लामा ,अथिति को रुममा गौशाला नं.वडा १० का वडाअध्यक्ष विष्णु कुमार महतो (मुकेश कुमार महतो ) , वडा नं. ११ वडा अध्यक्ष राम पृत महतो कोइरी गौशाला वडा नं. १० भुपु वडाअध्यक्ष सेक मोहम्द जलिल , कान्तिबजार प्रहरी चौकीका प्रहरी असई शम्भु महतो ,विभिन्न मिडिया बाट पाल्नु भएका संचारकर्मि लाई समेत प्रमाणपत्र दिएका छन् ।
विशिस्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतोले आफ्नो मन्तव्य क्रममा गौशाला नगर भरिनै आगामी दिन यस्ता खेलमा जोड दिने समेत भनेका छन् । स्व. नन्दलाल महतो स्मृति संस्थाको अध्यक्ष देव नारायण महतोले आउने अर्को पटक स्व. नन्दलाल महतो स्मृति संस्था बाट एक लाख पुरस्कर दिने र ३२ को टिमलाई सहभागी गराउने उदेश्य समेत राखेको छ ।