
सप्तरी- राजविराज नगरपालिका १५ देउरि भरुवाका एकजना वडा सदस्यमाथि प्रहरीकै रोहवरमा निर्घात कुटपिट भएको आरोप लागेको छ ।
राजविराज १५ की वडा सदस्य लक्ष्मी यादवमाथि प्रहरीकै उपस्थितिमा सोही ठाउँका पिन्टु यादवले निर्घात कुटपिट गरेका छन् ।
राजनितिक रिसिभिका कारणले गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा टोलिले चोकमा रहेको पसलबाट आफुलाई पक्राउ गरि ल्याउने क्रममा बिच बाटोमा स्थानीय पिन्टु यादवले प्रहरीकै सामुन्ने निर्घात कुटपिट गरेको वडा सदस्य यादवले आरोप लगाए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफुलाई जिल्ला प्रहरी कार्यालय जानु पर्छ भनी राति साढे ११ बजेमा ल्याउने क्रममा बिच बाटोमा निर्घात कुटपिट गरेको आरोप लगाए ।
कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा हतकडि लगाएर उपचार भइरहेको पीडितका परिवारजनले बताएका छन् । कुटपिटबाट वडा सदस्य यादवको छातिमा गम्भीर चोट लागेको तथा त्यहा उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगर लगिनु पर्ने चिकित्सकहरुले बताएको पीडितका आफन्तले बताएका छन।
यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश सिंहले कुटपिट गरेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै उनले सो बिषयमा के भएको छ भनी आफु बुझने जवाफ दिए ।