
जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर-३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झालाई जिताउन अनुरोध गरेका छन् ।
गृह जिल्ला धनुषा आइपुगेका नेता निधिले संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताए ।
उनले भने, ‘अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ, यसका लागि हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।’
उनले अबदेखि आफु गृहनगर मै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताए । उनले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाम मै रह्ने जानकारी दिए ।
नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे।