
धनुषा- जनता समाजवादी पार्टी (जसपा) को लक्ष्मिनिया गाउँपालिका वडा नं ५ का वडा सभापति नथुनी यादव सहित सम्पूर्ण वडा समिति नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

लक्ष्मिनिया ५ का करिब २ सय ५० जना जसपाका नेताकार्यकर्ताहरु पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको नव प्रवेशी नथुनीय यादवले जनाए ।
उनीहरुलाई काँग्रेसका सहमहामन्त्री तथा धनुषा ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मंगलबार पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि कार्यक्रममा नथुनी यादवले नेपाली काँग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए ।
त्यसैगरी लक्ष्मिनियाका भुपु प्रधानपञ्च रामचन्द्र यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेसबाट धनुषा ४ 'क' का प्रदेश सभा सदस्य उम्मेदवार शेषनारायण यादवले जनाए ।

यस क्षेत्रमा अहिले अन्य पार्टी परित्याग गरि काँग्रेस तर्फ आकर्षण बढ्दै गएको दाबि धनुषा ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले दाबि गरेका छन् । उनले अहिले सबै तिर जनताले बाम लाेकतान्त्रिक गठबन्धनलाई जिताउन अग्रसर भइरहेको आवाज उठिरहेकाे बताए ।