
महोत्तरी - नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । आज विहान क्षेत्र नम्बर ४ क मा पर्ने चेवकट गाउबाट घरदैलो कार्यक्रम सुरु भएको हो ।
नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र राय आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।
त्यसक्रममा उम्मेदवार रायले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गर्दै छन् भने घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार रायलाई स्वागत गर्दै जीतको शुभकामना पनि दिएका छन्।
निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचारप्रसारका लागि कार्यालयहरू खोलेपछि नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सुरू गरेको हो । घरदैलो कार्यक्रममा प्रदेशसभा ४ का उमेदवार कैशल यादव लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन्।