
महोत्तरी - महोत्तरीमा टिफरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार गौशाला रोडमा टिफर र मोटरसाईकल एक आपसमा ठोकिदा मृत्युु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी गराएका छन् ।
बर्दिवास बाट गौशाला तर्फ जादै गरेको ना ८ ख ६५ नम्बरको भारत बेन्च टिफर र गौशाला बाट बर्दिवास तर्फ आउदै गरेको ज ३ प १६५३ नम्बरको होन्डा बाइकमा टिफर अनियन्त्रित भई ठोक्किदा मोरसाईकल चालकको घटना स्थल मै मृत्यु भएको छ ।
मृत्यु हुने मोटसाईकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था बस्ने ४० वर्षीय रघुवीर साह रहेको छ।
मृत्यु हुने साह संग भेटिएको कागजपत्रका अनुुसार जिल्ला धनुुषा कुर्था बस्ने लेखिए कागजातबाट खुलेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक मिश्रले जनाए।