
जनकपुरधाम- आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा २३ हजारभन्दा बढी म्यादी प्रहरी खटिएका छन् ।
प्रदेशका आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।
त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिमलसिनाले जानकारी दिए ।
यस प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीका लागि ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।