
महोत्तरी - महोत्तरी क्षेत्र न.२ मा पनि स्वतन्त्र उम्मेदवारको चर्चा वढेको छ । मुख्य दलको भन्दा फरक नारा लिएर चुनावी प्रतिस्पर्धामा होमिएका स्वतन्त्र उम्मेदवारको आकर्षण बढदै गएको हो ।
यस्तै सुशासन र दिगो विकासको नारा बोकेर महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव लड्न आएका स्वतन्त्र उम्मेदवार बिजुली प्रसाद यादवले घरदैलो अभियानलाई तिब्रता दिएका छन ।
राजनीतिलाई पेशाको रुपमा लिनेहरुका कारण मुलुकको राज्य संयन्त्र ट्रयाक बाहिर पुगेको निष्कर्षमा पुगेका यादव दलहरुको विकल्प स्वयम् दलहरुनै हुने जिकिर गर्छन् ।
राजनीतिक दलको नेत्रत्व गर्नेहरुले अनुशासित हुन नसक्दा राज्य प्रणालीनै तहसनहस हुन पुगको बताउने यादव नेताहरुलाई सच्याउनकै लागि आफुले उम्मेदवारि दिएको खबरदारी जानकारी दिए ।
जेब्रा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका यादव अहिले मतदाताको घरघरमा पुगेर आफुलाई मतदान गर्न अपिल गरिरहेका छन ।