
महोत्तरी- निर्वाचन सकिएको ६ महिनाभित्र लालपुर्जाको वितरण प्रक्रिया अगाडि वढाइने महोत्तरी क्षेत्र न.१ का साझा उम्मेदवार गिरिराजमणी पोखरेलले वताएका छन् ।
मंगलवार क्षेत्र न.१ को सत्तागठबन्धन दलको साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उन्ले यस्तो वताएका हुन ।
प्रतिबद्धतापत्रमा विभिन्न दश बुद्दा समावेश गरिएको छ । पहिलो प्रतिबद्धतामा अधुरा कामलाइ पूरा गर्न निर्वाचन क्षेत्रका विभिन्न गौरवका योजनालाइ प्राथमिकतामा राखिएको हो ।
लामो समयदेखी घरवास सहित भोगचलन गर्दै आएको जमिन नापी, नम्बरी गरी लालपुर्जा वितरण गर्ने, बर्दिबास मेडिकल कलेजको कानुनी व्यवधान सावधान गरी आगामी बर्षमा निर्माण कार्य पारम्भ गर्ने, २०८० वाट अध्यण, अध्यापन गर्न नेपालको पहिलो रेल्वे इन्जिनियरिङ अध्यण कलेज गौशालामा वनाइने, निगौलको गाई गौशालालाई साझेदारी ब्यवस्थापन गरि उत्पादनमुखी वनाइने जस्ता योजनाहरुलाइ पहिलो प्राथमिकतामा राखिएको छ ।
त्यस्तै कृषीमा नया क्रान्ती नै गर्ने पोखरेलको प्रतिबद्धतापत्रमा उल्लेख छ । कृषि क्षेत्रलाइ पकेट क्षेत्र घोषणा गर्नेदेखी लिएर सवै खेतीयोग्य जमिनमा यथेष्ट सिचाइको व्यवस्थापन गरि कृषिमा पुनजार्गरण गर्ने गठबन्धनले निती वनाएको प्रतिबद्धतामा समावेस गरिएको छ । बजारिकरण र बिशाल शीत भण्डारणको व्यवस्थापन गरि नागरिकहरुको जिवनमा रुपान्तरण गर्ने पनि प्रतिबद्धतापत्रको दोश्रो बुदामा उल्लेख छ ।
पोखरेलले दिगो बिकासको मुख्य आधार सार्वजनिक सिक्षाको गुणस्तर सुधार गर्नुपर्ने बिषयलाइ प्राथमिकतामा राखेका छन । हरेक विध्यालयहरुलाइ प्रविधिमत्री वनाइ डिजिटल शैक्षिक प्रबिधिलाइ विध्यालयहरुमा बिस्तार गर्ने योजनालाई समेत अगाडि सारिएको छ ।
किसाननगरमा रहेको प्राकृतिक स्रोत ब्यवस्थापन कलेज, काठमाण्डौ विस्वविध्यालय अन्तर्गत न्याथम कलेज, लक्ष्मीनियामा रहेको आयुवेर्द सिक्षालयहरुलाइ थप व्यवस्थापन गर्ने, प्रावधिक धारका विध्यालयमा सिक्दै कमाउदै कार्यक्रम लागू गर्ने, खयरमाराको निर्मल लामा बहुप्रावधिक सिक्षालयलाइ देशै कै नमुना सिक्षालय घोषणा गरिने, २०८० भित्र सवै पालिकालाइ साक्षर पालिका घोषणा गरिनेपनि प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
चुरे संरक्षणलाइ राष्ट्रिय गौरवको योजनाभित्र समावेश गर्न आवस्यक पहल गरिनेदेखी लिएर साना-ठुला रिचार्ज पोखरी निर्माण गरिने पनि वताइएको छ ।
युवा तथा किसानलाइ सहुलियत ऋणको ब्यवस्थापन गरि युवास्वरोजगारमा जोड दिने, विभिन्न बिकासका आधारभुत पुर्वाधार निर्माण गरि समुन्न्त महोत्तरी निर्माणको आधार तयार गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
बर्दिबास, गौशाला र भंगाहा नगरपालिकामा रिङ्ग रोड वनाइने, गौरिवास-माइस्थान-खयरमारा चुरे पर्यटन सडक निर्माण गरिने, खेतीयोग्य जमिनको कटान रोक्न थप तटबन्धनको ब्यवस्थापन गर्ने, दुर्ब्यसन विरुद्ध जनचेतनामुलक अभियान संचालन गरिने, लागुपदार्थ दुर्ब्यसन रोक्न आवस्यक क्रियाकलाप अगाडि बढाइने र दुर्ब्यसनमुक्त क्षेत्र घोषणा गरिने प्रतिबद्धतामा जनाइएको छ।
नागरिकता बिध्येक पास नभएको बिषयलाइ पनि पोखरेलले आफ्नो एजेण्डा वनाएका छन । नेपाली नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता नपाइरहेको समस्या सावधानको लागी पहल गर्ने उन्ले आफ्नो प्रतिबद्धतामा समाबेश गरेका छन ।
बृद्धहरुको दैनिकीलाई थप सृजनात्मक वनाउन पार्क, बिश्रामस्थल वनाउने देखि पोखरेलले महिलाहरुको लागी सुरक्षा आवास निर्माण गर्नेसम्मका आकर्षक योजना अगाडी सारेका छन ।
पर्यटनको बिकास गरि नागरिकको समृद्ध जिवनको लागी यही निर्वाचन क्षेत्रका प्राचीन धरोहरलाइ ध्यान दिने बिषयलाइ पनि पोखरेलले योजना बनाएका छन ।टुटेस्वर माहादेव मण्दिर, पन्चधुरामाइ मण्दिर लगायत धार्मिक तथा सास्कृतिक सम्पदाको संरक्षण गरी पर्यटक पर्वदनमा भुमिका खेल्ने पनि पोखरेल वताएका छन ।
पोखरेलले राय मण्डल क्षेत्रलाइ पर्यटकिय क्षेत्रकोरुपमा बिकास गरिने योजना समेत अगाडि सारेका छन । उक्त क्षेत्रमा निर्वाचन सकिएलगत्तै समभाव्यता अध्यण गरि विशाल पर्यटकिय क्षेत्रकोरुपमा बिकास गर्ने योजनालाइ उन्ले मुख्य प्राथमिकतामा राखेका छन ।
पर्यावरणिय सुरक्षाको लागी पोखरेलले अवैध उत्तखनन र दोहनलाइ रोक्न जोड दिएका छन । यस्को लागी अवैधानिकरुपमा संचालित क्रसर उधोग बन्द गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । चुरे क्षेत्रका नागरिकलाइ फलफूल र जडिबुटी खेतीमा प्रोत्साहन गर्ने, हरित अभियान अन्तर्गत खाली र पर्ती जग्गामा बृक्षारोपण गर्ने, हरेक बर्ष कृषि वन र पर्यावरणमा आधारित महोत्सव गर्ने व्यवस्था मिलाइने बिषयलाइ पनि पोखरेलले निती तथा योजनाकोरुपमा अगाडि सारेका छन ।