
रवीन्द्र उप्रेती/बर्दिबास
आसन्न निर्वाचनको अवस्था र स्थिति अनुगमनका लागि अधिकारीवादीहरुको टोली महोत्तरी आईपुगेको छ । मानवअधिकारसंग सम्वद्ध विभिन्न आयोग र संघसंस्थाका पदाधिकारीहरु निर्वाचनको स्थिति र अवस्था बुझने क्रममा विहिवार महोत्तरी आई पुग्नु भएको हो ।
टोलीका सहभागीले बर्दिबासस्थित संचारकर्मीसंग छलफल गरेको थियो । छलफलमा मानवअधिकार उल्लंघनका स्थिति, अवस्था र घट्नाक्रका सम्वन्धमा जानकारी आदानप्रदान गरिएको थियो ।
आदीबासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचनमा बालबालिकाको प्रयोग, दलित जनजातीको सहभागिता, महिलाको अवस्था र अवसर, आचारसंहिताको पालना, सुरक्षा स्थिति, शिक्षा र स्वास्थ्य क्षेत्रमा चुनावी प्रभाव तथा सीमावर्ति क्षेत्रका गतिविधि लगाएतका विषयमा छलफल भएका थिए ।

छलफलमा सहभागि अधिकारवादीले संचार क्षेत्र सूचनाको आधार भएको बताउदै स्वच्छ निष्पक्ष निर्वाचन र मानव अधिकारको रक्षामा संचारकर्मीको भूमिका महत्वपूणर् भएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संचारकर्मीको तर्पmबाट निर्वाचनमा महिला अधिकार प्रभावकारी हुन नसकेको तथा शिक्षक र स्वास्थ्यकर्मी निर्वाचनमा परिचालित हुदा आधारभूत सेवा अवरुद्ध भएको विवरण प्रस्तुत गरिएको थियो । मतदान नजिकिने क्रमसंगै मनि, मसल, मदिरा र माफियाको प्रभाव बढदै गएको, आचारसंहिताको खुल्लमखुल्ला उल्लंघन भएको र सीमावर्ति क्षेत्रसमेत जिल्लाभरको सुरक्षा अवस्था जस्ता विषयमा संचाारकर्मीले आफना अनुभव साझा गरेका थिए ।
टोलीमा अधिकारवादीका तर्फबाट अध्यक्ष थापा समेत मानव अधिकार आयोग मधेश प्रदेश प्रमख मंजु खतिवडा, समावेशी आयोगकी सदस्य विष्णु ओझा, वल्र्ड भिजनका नीति तथा संचार विज्ञ प्रमिल अधिकारी, माअनव अधिकार आयोग सदस्य लीली थापा, मानव अधिकार आयोग जनकपुरका अधिकृत कृष्ण मिश्र लगाएतको सहभागिता थियो ।
उहाहरुले निर्वाचनका बेला मानवअधिकार स्थितिको अनुगमन, निगरानी र सूचना संकलनका लागि अधिकारवादीको टोली देश दौडाहामा सहभागी भएको बताउनु भयो ।