
जनकपुरधाम- धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ ।
अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसार तथा सेवनमा निषेध गरेको छ।
निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधाम उप महानगरपालिका वडा नंं २२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कणर्ाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मदिरा र ट्रक सहित मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ३ बस्ने चालक ३४ वर्षीया निर्मल कुमार रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नंं ४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ।
गाडी चालक मुखियापट्टी मुसहर्निया वडा नंं ४ बस्न ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद मदिरा र गाडी सहित चालक साहलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
धनुषा जिल्लामा गत साताको शनिवारदेखि नै मदिराको विक्री वितरण, ओसार पसार तथा सेवनमा निषेध गरेको छ ।