
महोत्तरी- महोत्तरी निर्वाचन क्षेत्र नं १ 'ख' का स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चढेको गाडिबाट डेढ लाख रकम बरामद गरिएको छ।
बर्दिवास ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट प्रहरीले डेढ लाख नगद बरामद गरेको हो ।
महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले शुक्रवार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट रकम फेला पारी बरामद गरिएको जानकारी दिए।
महोत्तरी क्षेत्र नं १ ख का स्वतन्त्र उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिडेको पाइएपछि डेढ लाख रकम बरामद गरिएको एसपी पंगेनिले जानकारी दिए ।
बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा आफ्ना कार्यकर्ता समर्थक सहितका ब्यक्तिहरुलाई लिएर हिडेका योन्जन सहितका ब्यक्तिलाई प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरि छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए।
शनिबार स्पष्टीकरण सोधिने र चित्त बुझ्दो जवाफ नआएमा २५ हजार सम्म जरिवाना गर्न सकिने श्रेष्ठले बताए ।
पाँचे टोलका स्थानियको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरीरहेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।