काठमाडौं। नवलपुरको मध्यविन्दु-१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
उक्त शंकास्पद बस्तु सेनाको टोलीले आज बिहान डिस्पोज गरेको हो। उक्त शंकास्पद बस्तु बम नभएको प्रहरीले जनाएको छ। बिहान ७:३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद बस्तु (कुकर) भित्र पटका भरेर राखिएको थियो।



प्रेसर कुकरमा पलास्टिक बेरिएको र खतरा लेखिएको अवस्थामा हिजो साँझ शंकास्पद बस्तु फेला परेको थियो।




