
जनकपुरधाम- धनुषाको महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर मृत्युु, भएको मजदुरको पीडित परिवारलाई रु.१० लाख क्षतिपूर्ति र १ लाख किरिया खर्च वापत दिने सहमती भएको छ।
शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले भुसा ओसार्ने क्रममा मेसिनमा अल्झिएर मजदुर श्रेष्ठको मृत्यु भएको बताउनुभयो ।
मृतक परिवार र मजदुर तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएपछि फ्याक्ट्री संचालकले १० लाख क्षतिपूर्ति र रु.१ लाख किरिया खर्च बराबर ठेकेदारले आर्थिक सहयोगको गर्ने पीडित परिवार संग सहमती भएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले घटनास्थलको मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यो पनि पढ्नु होस् ।
धनुषाको पेपर फैक्ट्रीको मेसिनमा किचेर मजदुरको मृत्युु, धर्नामा परिवार