
महोत्तरी - प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गरेका छन्।
कारागार कार्यालय जलेश्वर महोत्तरी परिसरमै स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दिले मतदान गरेको सहायक मतदान अधिकृत सञ्जय साहले बताए।
कैदिबन्दिले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिकतर्फ मतदान गरेको सहायक मतदान अधिकृत साहले बताए।
जलेश्वर कारागारभित्र कारागारमा रहेका २६ जनाले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक तर्फको मतपत्रमा गोप्य मतदान गरेका हुन् ।
सहायक मतदान अधिकृत साहले भने, “जलेश्वर कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।”
कैदी जीवनयापन गरिरहेका कैदिबन्दिले पनि आफूले आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुसी भएका छन् ।
जलेश्वर कारागारमा सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जवानले पनि समानुपातिकतर्फ मतदान गरेको साहले बताए।