
महोत्तरी- आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा मतदानको मतगणना आज दिउँसोबाट सुरु हुने भएको छ । गएराति मटपेटिका संकलन कार्य सम्पन्न भएको र आज विधिवत रुपमा प्रक्रिया पूरा गरेर दिउँसोबाट मात्र मतगणना कार्य प्रारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महोत्तरीका मुख्य निर्वाचन अधिकृत हेमवहादुर सेनका अनुसार अहिले केही क्षणमा चारैवटा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेपछि मतगणना हुने छ ।
उनले भने, ‘अहिले मतपेटिका मिलाउने कार्य भइरहेको छ । त्यसपछि आज बिहान १० बजे सर्वदलीय बैठक बस्नेछ । अनि कागजपत्र मिलाएर दिउँसो १ बजेबाट मात्र मतगणना शुरु हुनेछ ।’
जिल्लाको निर्वाचन क्षेत्रगत अनुसार बर्दिवास, रामगोपालपुर, जलेश्वर र बनौटामा मतगणनाको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।