
धनुषा- धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ भने क्षेत्र नं १, २ र ४ मा अझ मतगणना सुरु हुन सकेको छैन ।
यी क्षेत्रहरुमा सर्वदलिय बैठक बसी रहेको र ५ बजे देखि मतगणना सुरु गर्ने तयारि गरिएको बताइएको छ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचन आयोगले जारी गरेको नयाँ निर्देशिकाका कारण मतगणना ढिलो हुने भएको जानकारी दिनु भएको छ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिक मतगणना गर्न निर्देशन जारी गरेका कारण यहाँको मतगणना अलि ढिलो हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।
उहाँले सोमबार बिहान मात्र यस्तो निर्देशन आएको जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले प्रत्यक्षतर्फको मतगणना स्थलको तयारी पुरा भइसकेको र समानुपातिकतर्फको मतगणना स्थल व्यवस्थान गर्न केही समय लाग्ने भएकाले मतगणनामा ढिलाई भइरहेको बताउनुभयो।