
रौतहट- रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।
रौतहटको सरदमुकाम गौरको वडा नम्बर १ को १ हजार ४ सय ९४ मत गन्दा उनले सात सय २९ मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । गुप्ताले ६ सय ५४ मत प्राप्त गरेका छन् ।