
काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईलाई हराउदै थापा निर्वाचित भएका हुन् ।
थापाले भट्टराईलाई ७,४५७ मतान्तरले पछाडि पार्दै २१ हजार ३०२ मत ल्याएर विजयी भएका हुन् । २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । काठमाडौं ४ मा कुल ४५ हजार ५ सय ३ मत खसेको थियो ।
काठमाडौं ४ बाट महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचिच भएका थिए । भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए ।