
जनकपुरधाम- धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुबीर महासेठले अग्रता कायमै राखेका छन् ।
उनले १ हजार ७३ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका नेपाली काँग्रेस का महेन्द्र यादवले ८ सय ७९ मा मत प्राप्त गरेका छन् । यो आँकडाअनुसार महासेठ यादव भन्दा १ सय ९४ मतले अगाडि छन् ।
यस्तै स्वतन्त्र कैची छापका उम्मेदवार कृष्ण महतोको पक्षमा १सय३९ मत छ भने जसपाका उम्मेदवार महाजन यादवले ७५ मत बटुलेका छन् ।
अहिले सम्म धनुषा ४ को पहिलो पटक जनकपुर १३ नम्बर वडाको मतपेटिकाको गणना मात्र सम्पन्न भएको हो । यहाँ २ हजार ४ सय ३ मत खसेको थियो जसमा १ सय ३८ मत बदर भएको हो ।
अब खाना खाएर पुनः मतगणना सुचारु हुने धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दंगालले जनाए । यस पछि जनकपुर ९ नम्बर वडाको मतपेटिकाको गणना हुने उनले जनाए ।