
ललितपुर । ललितपुर – ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन् । उनले ३१ हजार १३६ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पछि पार्दै कार्कीले पहिलोपटक प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन् ।
खड्काले १२ हजार ९६३ मत प्राप्त गरे । बहालवाला उर्जामन्त्री पम्फा भुसाल भने तेस्रो भइन् । उनले ८ हजार ७६९ मत प्राप्त गरिन् । भुसाल गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बनेकी थिइन् ।