
जनकपुरधाम- धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ संग नेपाली कांग्रेसका महेन्द्र यादव पछि परेका छन् ।

महासेठले ८ हजार ८९५ मत ल्याँउदा यादवले ८ हजार ८२१ मत ल्याएका छन्।
यादव भन्दा महासेठ ७४ मतले अगाडि रहेका छन् ।

यतिबेला जनकपुर १३, २१, ९ , १४, १९, २२ र मिथिला विहारी नगरपालिकाको ६,७,२,८, ९ मतगणना सम्पन्न भएको छ भने मिथिला विहारीको १० मतगणना भइरहेको छ । यहाँ १ हजार४१३ मत खसेकोमा अहिले ४ सय सम्मको मतगणना भइसकेको निर्वाचन अधिकृत सुदिप दंगालले जानकारी दिए ।