जनकपुरधाम- धनुषा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका शेषनारायण यादव विजयी भएका छन् । १४ हजार ५५ मत सहित उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सन्तोष यादव १२ हजार ६७६ मत पाएका छन् ।



लामो समय उपेन्द्र यादव नेतृत्वको पार्टीमा लागेका शेषनारायण मनोनयन दर्ताको दिन जसपा त्यागेर काँग्रसमा प्रवेश गरि उम्मेदवारी दर्ता गराएका थिए ।




