
महोत्तरी - महोत्तरीमा नेकपा एमालेकी उम्मेदवार शारदा देवि थापा महोत्तरी क्षेत्र नं. १ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको छ ।
सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेपालका पिताम्बर महतोलाई ७२० मतान्तरले पछि पार्दै थापा विजयी भएकी हुन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार थापाले ले ८ हजार ३०४ मत प्राप्त गरी विजय हासिल गर्नुभएकाेछ भने निकटतम प्रतिद्वन्द्वी महतोले ७ हजार ५८४ मत प्राप्त गर्नुभएको हाे। थापा २०७४ मा सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।