
महोत्तरी - २ बाट पुनः दोस्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शरत सिंह भण्डारी लाई उनको गृह नगर/ गाउँमा स्थानीयले भव्य स्वागत सम्मान गरेको छ।

औरही नगरपालिका १ औरही बजारमा मंगलवार बिहान बिभिन्न राजनीतिकर्मी लगायत स्थानीयहरुले फुलमाला र अबिरले स्वागत बधाई तथा शुभकामना दएका हुन्। निर्वाचित भए लगतै धन्यवाद जुलुसको क्रममा मंगलवार महोत्तरी क्षेत्र २ मा पर्ने सोनामाई र अगलेसरा नाथ महादेवको दर्शन सहित अगलेसरामा मतदाताहरुले भण्डारी लाई फुलमाला र अबिरले स्वागत गरेका थिए ।
साे अवसरमा नेता भण्डारी लाई क्षेत्र नम्बर २ का स्थानीयहरुले गाउँवस्तीका समस्या पहिचान पनि गराएका थिए । भण्डारी लाई पहिचान गराएको समस्यालाई उनले पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे। उनले मतदाताकाे घरदैलोमै धन्यवाद दिएको छ ।













भिडियो हेर्नुस्