
दिवेश कुमार महतो,ढल्कवेर(धनुषा) - काठमाडौंका सुकुम्बासीले मधेशीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्तीलाई खाली गराउने कार्य गरि रहँदा,सोही कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले काठमाडौं महानगरपालिका का मेयर बालेन शाह र मधेसी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएपछि मधेसी समुदायका व्यक्तिहरू समाजिक सञ्जालमा बिरोध प्रदर्शन गर्दै आएका छन्।

सोही अनुरूप युवा आदर्श मंडलको नेतृत्वमा जनकपुरधामका स्वतन्त्र युवाहरुकाे समूहले बिरोध प्रदर्शन गर्दै कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका छन्।
समाजमा चेतनाको स्तर अझै पनि नबढेको र जातीय क्षेत्रीयताका आधारमा मधेसी समुदायलाई पटक-पटक यस्ता विभेदपूर्ण कुराहरूको सामना गर्दै आउनुपरेको कुरा आदर्श मंडलले बताए ।

उनका अनुसार अपमानजक शब्द बारम्बार सुनिदै आएको र अहिले सम्म पनि सचेत नभएकोले, धोती भनेर हेपेको कार्य निन्दनीय रहेको र मधेशी समुदायले नै देशका अधिकांश सिमा-नाकाहरूको रक्षा गरिरहेको भन्दै उनले मधेशी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहेपनि समय समयमा यस्ता घटनाहरूबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोर्होयाउन चेतावनी समेत दिएका छन्। त्यस्तै सोही घटनाप्रति मधेसी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाइसकेको छ।