जनकपुरधाम- मधेस प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने ४३ सांसदमध्ये मधेसी ५४.३६ प्रतिशत, दलित १७.२९ प्रतिशत, मुस्लिम ११.५८ प्रतिशत, जनजाति ६.६१ प्रतिशत र खसआर्य ४.८९ प्रतिशत समावेश गराउनु पर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ र पिछडिएका क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश हुनुपर्दछ ।
मधेस प्रदेश सभाका कुल १०७ सदस्यमध्ये ३५ जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरुले समानुपातिक प्रणालीबाट ३१ जना महिलालाई छनोट गर्नु पर्दछ । मधेस प्रदेशमा प्रत्यक्षबाट चारजना महिला निर्वाचित भइसकेकी छन ।
प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली निर्वाचित भएकी हुन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सदस्य छानिन्छन् । जसमध्ये ३५ जना महिला सदस्य अनिवार्य हुन्छन् ।
मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, नेकपा एस र माओवादीले ४÷४ सिट जितेको छ भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् ।
समानुपातिकबाट कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ६, माओवादीले ४, नेकपा एसले ३, लोसपाले २ र राप्रपा, नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले १/१ सिट पाएका छन् ।
को को बन्ने भए समानुपातिक सांसद?
नेपाली कांग्रेसले मधेस प्रदेशसभामा समानुपातिकतर्फ पाएको ९ सिटमा ७ जना महिलालाई समावेश गर्नुपर्नेमा मधेसी कोटाबाट रेखा ठाकुर, जिवछीकुमारी यादव, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम छनौट गरेको छ । त्यस्तै, दलित कोटाबाट शकुन्तीदेवी महरा, मुस्लिमबाट नुरुन नेसा, जनजातिबाट मीनाकुमारी लामाको नाम छनौट गरेको छ भने मधेसी पुरुषबाट कुमरकान्त झा र राकेशकुमार सिंह समानुपातिक सांसद बन्ने भएका छन् ।
नेकपा एमालेले मधेस प्रदेशसभामा समानुपातिकतर्फ पाएको ८ सिटमा मधेसी महिलाबाट पल्टी देवी यादव, फुलो कुमारी देवी, विना देवी शर्मा र राजपतीदेवी जैसवालको नाम छनौट गरेको छ भने दलितबाट पल्टीदेवी महरा, मुस्लिमबाट जैनव खातुन, जनजातिबाट मञ्जुकुमारी थापामगर र पुरुषतर्फ मधेसीमा जयचन्द्र प्रसाद पटेललाई समानुपातिक सांसद बनाउन लागेको छ ।
जनमत पार्टीले पाएको समानुपातिक कोटाको ७ सिटमा मधेस प्रदेशसभामा मधेसी महिलाबाट बबिताकुमारी राउत इसर र अनिताकुमारी साहको नाम समावेश गरेको छ भने दलितबाट रञ्जुकुमारी मण्डल खंग, सपना दर्जी र पुरुष मधेसीबाट चन्दन कुमार सिंह, ऋषिकेश ठाकुर तथा दलितबाट सत्यनारायण खंग खत्वे सांसद बन्ने भएका छन् ।
उता, जसपाले पाएको समानुपातिक ६ सिटमा महिला मधेसीबाट विन्दुकुमारी यादव, किरणकुमारी साह र शोभादेवी देवलाई सांसद बनाउने भएको छ भने दलितबाट ललिता दास, मुस्लिमबाट शहिदा खातुन र मधेसी पुरुषबाट मनिषकुमार सुमनको नाम छनौट गरिएको छ ।
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको ४ सिटमा मधेसी महिलाबाट सुनिता यादव र माला कर्णलाई सांसद बनाउन लागेको छ भने दलितबाट शारदा पहाडी तथा मधेसी पुरुषबाट झल्कु यादव सांसद बन्न लागेका छन् ।
नेकपा एकीकृत समाजवादीले पाएको ३ सिटमा मधेसी महिलाबाट सीताकुमारी देवी साह र मधेसी पुरुषबाट रत्नेश्वर गोइत यादव तथा सुरेन्द्रलाल कर्णलाई समानुपातिक सांसद बनाउने भएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ पाएको दुई सिटमा मधेसी महिलाबाट रुपाकुमारी यादव र दलितबाट अञ्जुदेवी बैठालाई सांसद बनाउने निर्णय गरेको छ ।
उता, राप्रपाले शम्भुप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीले मोहम्मद मोसाहिद हुसेन र नागरिक उन्मुक्ति पार्टीले उर्मिलादेवी सिंहलाई समानुपातिक सांसद बनाउने भएको छ ।
मधेस प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।
यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।
प्रत्यक्षतर्फ कुन दलको कति सिट?
नेकपा एमाले– १५ सिट
सप्तरी–१ (क) राजकुमार लेखी (१४२९१)
सिरहा–१ (क) राजेन्द्र प्रसाद चौधरी थारु (११७२१)
सिरहा–२ (ख) शत्रुधन प्रसाद सिंह (१३७९७)
सिरहा–३ (क) मनोज कुमार सिंह (१५८८६)
धनुषा–१ (ख) रामचन्द्र मण्डल (१३५७५)
धनुषा–२ (क) लखन दास तत्मा (११५८१)
धनुषा–३ (ख) दिपेन्द्र कुमार ठाकुर (८२२०)
महोत्तरी–४ (क) सरोज कुमार यादव (१०५३१)
रौतहट–२ (क) मो. जैद आलम (१३५३२)
बारा–१ (क) त्रिलोकी प्रसाद (१६७९८)
बारा–३ (क) रविन्द्र दास श्रेष्ठ (८१९५)
बारा–३ (ख) महम्मद समीर (८३२३)
बारा–४ (क) देवनारायण थारु (१३६६२)
महोत्तरी–१ (क) शारदा देवी थापा (८३०४)
धनुषा–४ (ख) हरिनारायण महतो (१७३०४)
नेपाली कांग्रेस–१३ सिट
सप्तरी–३ (क) मोहम्मद समीम (१०६३०)
धनुषा–१ (क) संजय कुमार महतो (१०९५५)
धनुषा–३ (क) रामसरोज यादव (१७०२९)
धनुषा–४ (क) शेषनारायण यादव (१४०५५)
सर्लाही–२ (क) जंगीलाल राय (८२९०)
सर्लाही–२ (ख) कौशल किशोर राय (९६२६)
सर्लाही–४ (क) बीरेन्द्र कुमार सिंह (१५६९३)
रौतहट–१ (क) नागेन्द्र साह (१०५०२)
रौतहट–१ (ख) कृष्ण कुमार यादव (१२४८९)
रौतहट–३ (ख) सुनिल कुमार यादव (१६८७७)
पर्सा–२ (क) श्याम प्रसाद पटेल (१३७८४)
पर्सा–३ (ख) जर्नादन सिंह क्षेत्री (१०१७२)
पर्सा–४ (क) शंकर प्रसाद चौधरी (१२१८२)
जसपा–९ सिट
सिरहा–१ (ख) राजकुमार गुप्ता (१६२३९)
धनुषा–२ (ख) रामअशिष यादव (१०६२४)
महोत्तरी–४ (ख) सरोज कुमार सिंह (११४८६)
सर्लाही–३ (ख) संजय कुमार यादव (१३१९०)
रौतहट–४ (ख) शेख अबुकलाम अजाद (८७४१)
बारा–१ (ख) सरोज कुमार यादव (१५९२७)
बारा–२ (ख) बच्चा राउत अहिर (१०३०२)
पर्सा–१ (ख) लालबाबु राउत (७५४५)
पर्सा–४ (ख) सिंगासन सा कलवार (१५४३५)
लोसपा–७ सिट
सिरहा–४ (ख) रामबाबु यादव (९७६३)
महोत्तरी–२ (क) जयनुल राइन (११४२४)
महोत्तरी–३ (क) अभिराम शर्मा (९८९२)
महोत्तरी–३ (ख) रानी कुमारी तिवारी (६४१४)
सर्लाही–१ (क) उपेन्द्र महतो (१२२६५)
बारा–४ (ख) जितेन्द्र सोनल (१३६२६)
पर्सा–२ (ख) रमेश प्रसाद कुर्मी (९४७१)
जनमत पार्टी–६ सिट
सप्तरी–१ (ख) सकिय मियाँ (१६१५५)
सप्तरी–२ (क) सतिश कुमार सिंह (१६७३४)
सप्तरी–२ (ख) महेश प्रसाद यादव (१३३२५)
सप्तरी–३ (ख) शम्भु कुमार साह (१०८६२)
सिरहा–२ (क) सञ्जयकुमार यादव (१२१७१)
सिरहा–४ (क) त्रिभुवन साह (८२२९)
नेकपा एकीकृत समाजवादी पार्टी–४ सिट
सप्तरी–४ (क) गोवीन्द बहादुर न्यौपाने (११४२९)
सिरहा–३ (ख) प्रमोद कुमार यादव (९९७६)
सर्लाही–१ (ख) बेची लुंगेली (१३३०१)
रौतहट–२ (ख) कनिश पटेल (१०४४२)
नेकपा माओवादी केन्द्र–४ सिट
महोत्तरी–१ (ख) भरत प्रसाद साह (८३७१)
सर्लाही–४ (ख) फकिरा महतो (८०३३)
रौतहट–४ (क) युवराज भट्टराई (१५३६८)
पर्सा–१ (क) रहबर अंसारी (७८१७)
स्वतन्त्र–६ जना
सप्तरी–४ (ख) अनिरुद्ध कुमार सिंह (९९८५)
महोत्तरी–२ (ख) सुरिता कुमारी साह (८५६८)
सर्लाही–३ (क) जवाहर लाल कुशवाहा (१६५९१)
रौतहट–३ (क) केशव राय (१२२५५)
पर्सा–३ (क) प्रमोद कुमार जयसवाल (७३८१)
बारा–२ (क) शारदा शंकर प्रसाद कलवार (९२९५)